Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जाडोमा अण्डाको व्यापार बढ्यो

कमल रायमाझी
भैरहवा  ।
जाडो बढेसंगै तराईमा कुखुराको अण्डाको ब्यापार बढेको छ । अन्य समयमा भन्दा अहिले अण्डाको व्यापार हवात्तै बढेको व्यवसायीले बताएका छन् । 
भैरहवाका चल्तीका किराना पसलहरुबाट दैनिक न्युनतम ५ क्यारेट सम्म अण्डा विक्री हुनेगरेको तथ्यांक पाइएकोछ । भैरहवाको आवारोडमा रहेको कालिका स्टोर्सबाट दैनिक  १४ क्यारेट सम्म अण्डा विक्री हुने गरेको स्टोर्सको सन्चालिका सीता पौडेलले बताईन ।  पसलमा अण्डा नारायणगढ देखी आउने गरेको स्थानिय रुपमा अण्डाको माग ज्यादै भएता पनि स्थानिय उत्पादन नभएकाले ग्राहकको माग अनुसार पुराउन नसकेको  उनले बताईन । 
आवारोडकै न्यू अस्मिता किराना पसलका सन्चालक तुल्सी न्यौपानेले पनि दैनिक ८ क्यारेट सम्म अण्डा विक्री भएको बताईन । होटलवाला र दैनिक मजदुरी गर्ने मजदुर मुख्य ग्राहक भएको उहाको पसलमा पनि अण्डा चितवन देखी नै आउने गर्दछ । 
भैरहवा देवपथमा रहेको गीता किराना पसलका सन्चालक कालिभक्त उप्रेतीले पनि दैनिक १५ क्यारेट सम्म अण्डा विक्री गर्ने गरेको बताए । मुख्य विक्री खुद्रा भएता पनि जाडो बढेसंगै अण्डाको व्यापार बढेको उनको भनाई थियो । नारायणस्थानको प्रशान्त शुभ किराना पसलले पनि दैनिक कम्तिमा १० क्यारेट अण्डा विक्री गरिरहेको छ । सो पसलको सन्चालक निरु काफ्लेका अनुसार अण्डाको खपत राम्रै छ ।
गर्मीको समयमा भन्दा अहिले बजारमा दोव्वर रुपमा अन्डाको माग भएको व्यापारीहरुको भनाइरहेको छ ।
मासु नखाने केही साकाहारीले पनि अण्डा खाने हुदा अण्डाको विक्री राम्रो हुने गरेको हो । अण्डा स्वास्थयकोलागी पनि राम्रो भएको चिकित्सकहरु बताउंछन् । जिल्ला पशु सेवा कार्यलय रुपन्देहीका पशु विकास अधिकृत डा. प्रदीप शर्मा पौडेलका अनुसार क्यालसीयम, प्रोटिन, शरिरलाई आवश्यक सबै खनिज पदार्थ भिटामीन ए, डि जस्तो मानिसको शरिरकोलागी आवश्यक सबै तत्व पाइने अण्डाको खपत बढी हुनु राम्रो तथ्य हो । 
रुपन्देहीमा पोल्ट्री इन्डस्ट्रीज भएता पनि अण्डा उत्पादन गर्ने व्यवसायीक उद्योग भन्दा चल्ला उत्पादन गर्ने ह्याचारी भएकोले स्थानीय बजारमा चितवनको अण्डा बढी देखीएको पोल्ट्री व्यवसायी गणेशलाल देशार बताउछन ।  

0 comments

तपाईंको प्रतिकृया