एपिएफलाई राष्ट्रिय महिला भलिबलको उपाधि
बुटवल । १९ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपिएफले जितेको छ । बुटवलमा सोमबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गर्दै एपिएफले उपाधि जितेको हो । एपीएफले राष्ट्रिय महिला भलिबलको १८ औं संस्करण पनि जितेको थियो ।
विजेता बनेको एपिएफले ५१ हजार नगद पुरस्कार पाएको छ भने उपविजेता पुलिसले ३१ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
प्रतियोगितामा पश्चिमाञ्चल विकास क्षेत्रलाई हराउँदै तेस्रो बनेको मध्यमाञ्चल विकास क्षेत्रले २१ हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी भइन् । प्रतियोगितामा एपीएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित हुदै नगद १० हजार प्राप्त गरिन् भने एपीएफकै विनिता बुढाथोकी उत्कृष्ट लिफ्टर भइ्न् । यस्तै नेपाल पुलिस क्लबका रमिला तण्डुकार उत्कृष्ट सर्भर,कोपिला उप्रेती उत्कृष्ट ब्लकर,कमला पुन उत्कृष्ट डिफेण्डर र मध्यमाञ्चलकी प्रतिमा माली उत्कृष्ट स्पाइकर घोषित भएका छन् ।
प्रतियोगितामा पाँच विकास क्षेत्रका पाँच र तीन विभागिय सहित ८ टिम सहभागी थिए । प्रतियोगीका विजयी टिम र खेलाडीहरुलाई तेह्रौं राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजक रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पिया, एल्जी ब्युटी सोपका प्रबन्ध निर्देशक सतिशचन्द्र कशौधन, नायिका निशा अधिकारी,जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष विष्णुकुमार श्रेष्ठले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।
दोस्रो सेटको खेल चलिरहदा नेपाल प्रहरीकी कमला पुनले अनुशासन विपरित बोलेको भन्दै प्रमुख रेफ्री चन्दाबदना राईले पहेंलो कार्ड दिएपछि केहीबेर खेल मैदानमा तनाव उत्पन्न भएको थियो ।
जितपछि एपीएफका क्याप्टेन निमा श्रेष्ठले प्रतिद्वन्द्वी पुलिसका खेलाडीले राम्रो खेल प्रदर्शन गरेतापनि आफ्नो टिमका खेलाडीको स्टामिना पुलिसको भन्दा राम्रो भएकाले जित हासिल गरेको प्रतिक्रिया दिए । उता उपविजेता नेपाल पुलिस क्लबका क्याप्टेन निता शाहले प्रतियोगिताकी प्रमुख रेफ्री राईले निष्पक्ष खेल खेलाउन नसकेको आरोप लगाउंदै आफ्नो खेलाडी कमला पुनलाई पहेंलो कार्ड देखाएर हतोत्साही बनाएको प्रतिक्रिया दिइन् ।

0 comments
तपाईंको प्रतिकृया