Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सहमतिबाटै संविधान बनाउन भारतको सुझाव

काठमाडौ । छिमेकी राष्ट्र भारतले सहमतिबाटै अघि बढ्न सुझाव दिएको हो । भारतीय विदेश मन्त्रालयले मंगलवार विज्ञप्ति जारी गरी राजनीतिक दलहरुबीच विगतमा भएका सहमति र समझदारीकै आधारमा अघि बढ्न आग्रह गरेको हो । सहमतिको प्रक्रियाबाटै यहाँसम्म आइपुगेको स्मरण गराउँदै भारतले विगतको सहमति र समझदारीको सम्मान तथा संविधानसभाको निर्वाचनको प्राप्त जनादेशलाई शिरोधार्य गर्दै संविधान निर्माण कार्य अघि बढाउनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
आफूहरुको आन्तरिक ब्यस्तताकाबीच नेपालमा राजनीति मुठभेड अगाडि बढन् थालेपछि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी सहमतिमै जोड दिएको हो ।
अन्तिम समयसम्म पनि दलहरुबीच सहमति हुन नसकेपछि प्रक्रियामा भए पनि अघि बढ्नुपर्ने भन्दै प्रक्रिया अघि सारिएपछि सोमवार मध्यरातमा संविधानसभा बैठक अवरुद्ध हुदै आएको छ ।

0 comments

तपाईंको प्रतिकृया