Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
फ्रान्समा पत्रिकाको कार्यालयमा आक्रमण हुदा ११ को मृत्यु

फ्रान्स । फ्रान्सेली व्यंग्य पत्रिका ‘चार्ली हेब्डो’ को कार्यालयमा बन्धुकधारीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको छ ।
पेरिसस्थित कार्यालयमा कम्तिमा दुई बन्दुकधारीले आक्रमण गरेका हुन् । आक्रमणमा परी चार घाइतेको अवस्था गम्भीर छ । घटनास्थल पुगेका फोन्सेली राष्ट्रपति फ्रान्स्वा ओलन्दले घटनालाई आतंकी आक्रमण भनेका छन् । चरमपन्थीहरुले कायरतापूर्ण ढंगबाट पत्रकारहरुको हत्या गरेको उनले बताएको बीबीसीले जनाएको छ ।
यो व्यंग्य पत्रिका बेलाबेला विवादमा पर्दै आएको छ । हालै मात्र इस्लामिक स्टेटको प्रमुख अबू बक्र अल बग्दादीबारे एक कार्टुन छापिएको थियो ।
–ऐजेन्सी

0 comments

तपाईंको प्रतिकृया