Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
क्यानाडामाथी नेपालको शानदार जित

बुटवल । नामिवियामा जारी आइ सि सि विश्व क्रिकेट डिभिजन २ को तेश्रो खेलमा नेपालले क्यानाडालाई पराजित गरेको छ ।
करन के.शी को उत्कृष्ट बलिङ्ग र कप्तान पारस खडकाको विस्फोटक ब्याटिङ्गको मद्दतले विन्डहोक क्रिकेट मैदानमा क्यानाडालाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै डिभिजन एक बढुवाको सम्भावना कायमै राखेको छ भने डिभिजन २ मा रहने सम्भावना बलियो भएको छ  । नेपालले क्यानाडालाई पराजित गरेको यो पहिलो पटक हो ।
      क्यानाडाले राखेको १ सय १५ रनको लक्ष्य नेपालले २३ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा भेटाउन सफल रह्यो । सुरुवाती ब्याटसम्यान सुवास खकुरेल र नरेश बुढाऐर खाता नै नखोली आउट भएका थिए । खराब सुरुवात रहेको नेपालको पारी उकास्न कप्तान पारस र ज्ञानेन्द्र मल्लले गतिलो साझेदारी गरेका थिए । पारस ७७ रन बनाउँदै पवेलियन फर्के भने ज्ञानेन्द्र ३२  र विनोद भण्डारी १ रनमा अविजित रहे ।
यसअघि टस जिति ब्याटिङ्ग गरेको क्यानाडाले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय १४ रनको झिनो स्कोर खडा गरेको थियो । क्यानाडाका सुरुवाती ब्याटसम्यानहरुले खेलमा गति दिन सकेनन । पहिलो विकेटको रुपमा नितिश कुमारलाई सोमपाल कामीको बलमा सुवास खकुरेलले टिम स्कोर मात्र १ रहँदा सुन्यमा आउट गराएका थिए । अनुभवि ब्याटसम्यान रिज्वन चिमालाई पनि ७ रनमा र  श्रीमान्था वजिरत्नेलाई सुन्य रनमा करन के शी ले आउट गराएपछि क्यानेडाली टोली लरखराएको थियो । करनले ह्याट्रिक विकेटको मौका गुमाएका थिए ।
       सुरुवाती ब्याटसम्यानको प्रदर्शन फितलो रहे पनि मध्यक्रमका ब्याटसम्यानले पारी सम्हाल्ने कोशिस गरेका थिए । मध्यक्रमका सत्सीमरँजितले २५, जिम्मी हन्स्राले २२ र निखिल दत्तले २० बाहेक अन्य कुनै पनि ब्याटसम्यानले २० रनको आँकडा पार गर्न सकेनन ।
       क्यानाडालाई सस्तैमा धराशायी बनाउने क्रममा तिब्र गतिका बलर करन के शी ले उत्कृष्ट बलिङ्ग गर्दै १० ओभरमा २ मेडन सहित २६ रन दिएर ५ विकेट झारेका थिए यस्तै सोमपाल कामीले २ तथा पारस खडका, शक्ति गौचन र सागर पुनले समान १–१ विकेट झारेका थिए ।
      यसअघि सम्पन्न खेलहरुमा नेपाल युगाण्डा सँग २ रनले पराजित भएको थियो भने बलियो प्रतिद्धन्दी नेदरल्याण्डलाई २ विकेटले पराजित गर्दै एतिहासिक जित दर्ता गरेको थियो । नेपाल आज आयोजक नामिविया सँग खेल्दै छ । नेपाल डिभिजन १ मा उक्लनको लागि क्यानाडालाई जित्ने पर्ने दवाव रहेको थियो । यसैगरी डिभिजन २ मा कायमै रहन अझै एक खेल जित्नै पर्ने हुन्छ । 

0 comments

तपाईंको प्रतिकृया