कक्षा ११ मा ४७.२६ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं । उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । नतिजा अनुसार नियमित तर्फ ४७.२६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा नियमित तर्फ २ लाख २५ हजार ३ सय ७३ जना परीक्षार्थी सहभागि भएकोमा १ लाख ६ हजार ५ सय १७ जना परीक्षार्थी उतीर्ण भएको परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्यालले बताए । त्यस्तै आंशिक तर्फ १ लाख ४१ हजार ५ सय ७० जना परीक्षार्थी सहभागी भएकोमा ४६ हजार ९ सय ३३ जना अर्थात ३३.१५ प्रतिशत परीक्षार्थी उतीर्ण भएको उनले बताए । आशिंक तर्फको परीक्षार्थी मध्ये २९ जनाको परीक्षाफल स्थगित भएको छ । ४४ जनाको परीक्षाफल रद्ध भएको परिषद्ले जनाएको छ । परीक्षामा ७ जनाको परीक्षाफल स्थगित भएको छ भने ४३ जनाको परीगाफल रद्ध गरिएको परिषद्ले जनाएको छ ।
गएको १ जेठदेखि १२ गतेसम्म भएको परीक्षामा देशभरबाट तीन लाख ८३ हजार चार सय तीनजना परीक्षार्थी सहभागी थिए । मोबाइलबाट पनि परीक्षाफल थाहा पाउन सकिने छ । त्यसका लागि परीक्षाफल सार्वजनिक भइसकेपछि मोबाइलको म्यासेज बक्समा टाइप गरी एक स्पेश दिएर आफ्नो सिम्बोल नम्बर लेखी ५५६६ मा एसएमएस गर्नु पर्ने छ ।


0 comments
तपाईंको प्रतिकृया