Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
मशाल जुलुशमा प्रहरी हस्तक्षेप

बुटवल । एनेकपा माओवादी, मधेशवादी दल लगायत अन्य ३० दलिय मोर्चाले आव्हान गरिएको मधेश बन्दको पूर्व सन्ध्यामा आईतवार साझ निकालेको मशाल जुलुशमा प्रहरीले हस्तक्षेप गरेको छ । 
बुटवल भैरहवा लगायतको स्थानमा प्रहरीले मशाल जुलुशमा हस्तक्षेप गरेको ति दलहरुले जनाएका छन । बुटवलको राजमार्ग चौराहावाट निकालीएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरी तितरवितर पार्ने प्रयासका वावजुत  टफिकचोकमा पुगि कोणसभा गरीएको थियो ।
 केही मसाल प्रहरीले राजमार्ग चौराहमै खोसेको थियो । यसैविच भैरहवाको बुद्धचोकबाट मशाल जुलुश निकाल्न लागेको अवस्थामा मशाल प्रहरीले खोस्न खोन्दा केही बेर भैरहवा बजार तनाव ग्रस्त रहेको थियो । मोर्चाका कार्यकर्ताले प्रहरी बिरुद्ध नाराबाजी गरे पछि प्रहरीले सामान्य बल प्रयोग गरि कार्यकर्ता तितर बितर पारेको थियो । गृहमन्त्रालयले कुनै पनि हातलमा मशाल जुलुस निकाल्न नदिने सर्कुलर गरेको बताईएको छ  । 

0 comments

तपाईंको प्रतिकृया