Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
संविधानसभामा तोडफोड

काठमाडौं । एकीकृत नेकपा माओवादीका सभासदले मंगलबार संविधानसभाभित्र तोडफोड  गरेका छन् । विपक्षी मोर्चाको तोडफोडका कारण संविधानसभाका कुर्सी र माइकहरु भाँचिए भने तीन जना मर्यादापालक घाइते भएका छन् ।
राति साढे १ बजे संविधानसभामा डा। बाबुराम भट्टराईले बोलिसकेपछि सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति बनाउन लाग्दा एमाओवादी नेतृत्वमा विपक्षी सभासद रोष्टमतर्फ अघि बढेका थिए ।
विपक्षीको हुलहुज्जतपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा बैठक मंगलबार एक बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका थिए ।
सभाध्यक्षले प्रश्नावली समिति बनाउने घोषणा गर्नासाथ एमाओवादी सभासदहरु दौडेर रोष्टमतर्फ अघि बढेका थिए । तत्कालै मर्यादा पालकले हाते चेन बनाएर विपक्षीलाई रोष्टममा चढ्न नदिने प्रयास गरेका थिए ।केहीबेरको तनावपछि सभासध्यक्षले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगनको घोषणा गरेका थिए ।
सभाध्यक्षले बैठक स्थगनको घोषणा गरेपछि सत्तापक्षका सभासदहरु बाहिर निस्कन थाले भने एमाओवादी सभासदहरु आफैं बसेको कुर्सीमाथि चढेर तोडफोडमा उत्रिए । 

0 comments

तपाईंको प्रतिकृया