तामाङ समुदायमा सोनाम ल्होसारको रौनक
बुटवल । आज सोनाम ल्होसार । तामाङ समुदायले धुमधामका साथ यो पर्व मनाईरहेका छन । तामाङ भाषामा ल्होको अर्थ नयाँ र सारको अर्थ वर्ष भन्ने लाग्छ। ल्होछारका अवसरमा साथीभाई तथा आफन्त भेला भएर मीठामीठा परिकार बनाएर खानुका साथै एकआपसमा नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने गरिन्छ।
आजदेखि बिरालो बर्षको अन्त्य तथा गरुड वर्षको शुभारम्भ भएको विश्वासमा तामाङ समुदायले ल्होछार मनाउने गर्दछन । बौद्ध धर्मअन्तर्गत महायान सम्प्रदायले आफ्नो सांस्कृतिक पर्व नयाँ वर्ष ल्होछार मनाउन लागेका हुन्। यसै सम्प्रदाय अन्तर्गतको तामाङ समुदायले हरेक माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गर्दछन्। सरकारले ल्होछारका अवसरमा सार्वजनिक बिदा समेत दिएको छ। सरकारले यस पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वका रुपमा मान्यता दिई सार्वजनिक बिदा दिँदै आएको हो ।
ल्होसारको अवसरमा राष्ट्रपति डा रामवरण यादव उपराष्टपति, प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरुले स्वदेश तथा विदेशमा रहेका तामाङ समुदायमा शुभकामना ब्यक्त गरेका छन् ।


0 comments
तपाईंको प्रतिकृया