Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
माओवादी एकता छिट्टै


सुधन अधिकारी
 बुटवल १ चैत ।  एमाओवादी र नेकपा– माओवादीबीच पार्टी एकताको लागी उच्चस्तरीय वार्ता टोली गठन भएको छ । दुबै माओवादीका उच्च नेताहरु सहभागी बैठकले सबै माओवादीहरुबीचको एकताको अभियानलाई सार्थक बनाउनको लागि भन्दै वार्ता टोलीको गठन गरेको छ ।
वार्ता टोलीमा एमाओवादीको तर्फबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा र सचिव टोपबहादुर रायमाझी रहेका छन् भने नेकपा–माओवादीको तर्फबाट अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देब गुरुङ रहेका छन् ।
गठीत वार्ता टोलीले एकताको लागि सबै माओवादी एबम् क्रान्तिकारी शक्तिहरुलाई एक ठाउँमा उभिन आग्रह गरेको छ ।सिद्धान्तनिष्ठ पार्टी एकताको लागि गरिएको यस अभियानमा सबै माओवादी एबम् सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई सहयोग पुर्याउन हार्दिक अपील गरिएको छ’, बैठकपछि प्रचण्ड र वैद्यले संयुक्त रुपमा हस्ताक्षर गरेको गरेको विज्ञप्तीमा भनिएको छ ।
बैठकले देशमा बढ्दै गइरहेको प्रतिगमन , जनघात, राष्ट्रघात र जनजीविकाको मुद्दामा संयुक्त आन्दोलन गर्ने निर्णय समेत गरेको छ । यस्तै तत्काल सत्य निरुपण तथा वेपत्ता छानविन सम्बन्धी विषय लगायत शान्ति प्रक्रियासँग जोडिएको विषयहरुमा राज्यपक्षबाट भइरहेको प्रतिगमनकारी कार्यहरु भइरहेको ठहर गर्दै बैठकले संयुक्त रुपमा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने समेत निर्णय गरेको छ।
एकता वार्ताका लागि आइतबार दुवै पार्टीका शीर्ष नेताहरुको बैठक प्रचण्ड निवास लाजिम्पाटमा बसेको थियो ।
छलफलमा एमाओवादीबाट अध्यक्ष ‘प्रचण्ड’, बाबुराम भट्टराई उपाध्यक्ष नारायणकाजी श्र्रेष्ठ र महासचिब कृष्णबहादुर महरा छन् । नेकपा–माओवादीका तर्फबाट अध्यक्ष मोहन बैद्य, रामबहादुर थापा, सीपी गजुरेल र देव गुरुङ सहभागी थिए।

0 comments

तपाईंको प्रतिकृया