भारतबाट ल्याईएको राहत सामाग्री लुकाइयो
प्रहरीद्धारा मिल गोदामवाट वरामद
बुटवल । बैसाख १२ गते गएको भूकम्पबाट प्रभावितहरुको लागी भारतबाट ल्याईएको राहत सामाग्री लुकाइएको रहस्य खुलेको छ ।
भारतको वाराणासीस्थित कैलाशपुरी सेवा आश्रमबाट आएको राहत सामाग्री रुपन्देहीको भैरहवाको एक राइस मिलमा लुकाइको अवस्थामा आईतवार बरामद गरिएको प्रहरीले जनाएको छ । भारतबाट यूपी ६३ जे ९१०० नम्बरको ट्रकमा आएको उक्त राहत सामाग्री सिद्धार्थ नगरपालिका ४ मा रहेको आचार्य राइस मिलबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
हेम शर्माको राइस मिलबाट बरामद गरिएको सामानमा ५० क्विन्टल चना, एक सय कार्टुन बिस्कुट, तीन क्विन्टल चिया पत्ति, २० कार्टुन फ्रुटी, १० झोला दूध, एक सय थान कम्मल र टेन्ट बनाउन प्रयोग गरिने १५ थान ठूला पाल रहेको रुपन्देहीका एसपी राजेन्द्र ढकालले संचारकर्मीलाई जानकारी दिए ।
मिलका सञ्चालक शर्माले भने गाडी चालकले राहत लैजान नसक्ने भनेपछि आफ्नो गोदाममा थन्क्याइएको दावी गरेका छन् । राहत सामाग्री गाडीबाट झिकेर गोदाममा थन्क्याई चाबी लगाएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।


0 comments
तपाईंको प्रतिकृया