Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
लायन्स क्लवद्धारा जस्तापाता सहयोग

सुधन अधिकारी
बुटवल १४ असार । लायन्स क्लव अफ बुटवल सेन्ट्रल पार्कले महाभुकम्पबाट भवनमा क्षति पुगेका पर्बत जिल्लाका रानीपानि गाविस स्थित नेपाल तारा उच्च मा.वि. र जनता निम्न मा.वि.लाई जस्तापाता वितरण गरेको छ । 
क्लबका चार्टर पे्रसिडेन्ट महेश प्रसाद काफ्ले , सचिव खिमलाल भुषाल, तृतिय भाइस प्रेसिडेन्ट विजय कुमार श्रेष्ठ, डाइरेक्टर डण्डपाणि भट्टराई र डाइरेक्टर झविन्द्र फुल्लेलले विद्यालयमा पुगि जस्तापाता वितरण गरेका  सचिव खिमलाल भुसालले जानकारी दिए ।  
नेपाल तारा उच्च मा.वि. का ब्यवस्थापन समिति अध्यक्ष अमृत पराजुलीलेसहयोग आगामी दिनमा पनि सहयोगको अपेक्षा राखे ।  यसैगरी जनता नि.मा.वी ब्यवस्थापन समिति अध्यक्ष राम प्रसाद पराजुलीले धन्यवाद ब्यक्त गरे । 

0 comments

तपाईंको प्रतिकृया