Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
जर्मनीमा पशुसँग सम्भोग गर्न नपाउने कानुन ल्याउने तयारी

जर्मनी, जर्मनी संसद्को कृषि समितिले पशुसँग यौन सम्पर्क प्रतिबन्ध लगाउने गरी कानुन बनाउने तयारी गरेको छ । समितिले तयारी गरेको कानुन डिसेम्बर १४ मा त्यहाँको तल्लो संसद्मा पेश गरिंदैछ । तल्लो संसद्ले कानुन पारित गरेमा जनावरसँग सम्भोग गर्नेहरुले जर्मनीमा २० हजार डलरसम्म जरिवाना तिर्नुपर्ने हुनेछ । बीबीसीले जनाएअनुसार सन् १९६९ मा जर्मनीले पशुसँग राखिने सम्पर्कलाई बैध भनेको थियो । अधिकारवादीहरुले पछिल्लो समय दबाब दिन थालेपछि संसद्को यो समितिले पशुलाई सुरक्षा गर्ने गरी यस्तो कानुन बनाउन लागेको हो । 'पशु रमाईलो गर्ने साधन होइनन्', समितिका एक सदस्यले भनेका छन्,'कानुन पारित भएमा पशु सुरक्षा बढ्छ ।' यता, पारित गराउने तयारी गरिएको कानुनको बिरोधीहरुले पनि यस्तो कानुनको विरुद्ध अदालत जाने चेतावनी दिएका छन् । पशु सम्भोगका पक्षपाति समूहका अगुवा माइकल कियोकले पारित गर्न लागिएको कानुनको बिरोधमा भनेका छन-सम्भोग गर्दा पशुलाई दुख्यो भन्ने अधिकार पशुबाहेक अरु कसैसँग छैन् । 'हामी पशुलाई साथीजत्तिकै माया गछौं', कियोटले बीबीसीसँग भनेका छन्,'पशुको ईच्छाबिना हामीले सम्भोग गर्ने गरेका छैनौ ।' नेदरल्याण्ड, प|mान्स र स्वीजरल्याण्डसहित धेरै युरोपेली देशमा पशुसँग सम्भोग प्रतिबन्ध छ । बेलायतले भने सन् २००३ बाट पशु सम्भोगको सजाय जन्मकैदबाट दुई बर्षमा झारेको छ । बेल्जीयम, डेनमार्क र स्वीडेनमा भने पशुसँग सम्भोग गर्नु बैध मानिन्छ ।

1 comments

मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि
तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com:

तपाईंको प्रतिकृया