मुख्य दलका नेताहरुले आज रेग्मीसँग छलफल गर्ने
९ फागुन, काठमाडौं । मुख्य दलका शीर्ष नेताहरुले प्रधानन्यायधीश खीलराज रेग्मीसँग आज छलफल गर्दैछन् । दलहरुले तयार पारेको नौं बुँदे मस्यौदाका केही बुँदामा असन्तुष्ट देखिएका रेग्मीसँग शीर्ष नेताहरुले छलफल गर्न लागेका हुन् ।
एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुले आज साँझसम्ममा रेग्मीसँग छलफल गर्ने माओवादी अध्यक्ष प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
हिजो प्रधानमन्त्री बाबुराम भट्टराईसँगको छलफलमा रेग्मीले उच्चस्तरीय राजनीतिक परामर्श समिति मातहत रहेर अन्तरिम चुनाबी मन्त्रिपरिषदले काम गर्नेलगायतका बुँदामा असन्तुष्टि जनाउनुभएको थियो ।
फोरम गणतान्त्रिकका नेता राजकिशोर यादवले प्रधानन्यायाधीश रेग्मीसँग शीर्ष नेताहरुले छलफल गरी सबै भ्रम र आशंका हटाउने जानकारी दिनुभएको छ ।
1 comments
तपाईंको प्रतिकृया

October 24, 2014 at 2:00 AM
मेरो नाम केभिन एडम्स, बंधक ऋण उधारो एडम्स तिर्ने कम्पनी को एक प्रतिनिधि, म 2% ब्याज मा ऋण दिनेछ छ। हामी विभिन्न को सबै प्रकार को 2% ब्याज मा ऋण प्रदान प्रदान। हामी ऋण को सबै प्रकार प्रदान। यदि
तपाईं सम्पर्क अब यो इमेल एक ऋण आवश्यक adams.credi@gmail.com: